परशुराम धाममा प्रेतकल्प गृह उद्घाटन

डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको प्रसिद्ध तिर्थस्थल परशुराम धाममा निर्मित प्रेतकल्प गृह (कृपा घर) उद्घाटन गरिएको छ ।

स्कन्ध पुराणमा वर्णित प्रसिद्ध तिर्थस्थल परशुराम धाममा नगरप्रमुख भीमबहादुर साउदको अगुवाइमा गत वर्षदेखि कृपा घर निर्माणको सुरुवात भएको थियो । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै धाममा बढीभन्दा बढी धार्मिक पर्यटक आगमनका लागि धामलाई व्यवस्थित र आकर्षक बनाउने काम अगाडि बढाइएको छ ।

पर्यटकको आगमनलाई बढाउने उद्देश्यले नगरले धाम क्षेत्रमा विभिन्न बिकासका आयोजना संचालन गरेको छ । यही क्रममा परशुराम नगरपालिकाका नगरप्रमुख साउदले शनिबार कृपा घरको उद्घाटन गरेका हुन् । परशुराम क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमबहादुर चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साउदसहितको आमभेलाले बैतडी जिल्ला जन्मभूमि भएका भारत उत्तराखण्ड हरिद्वारस्थित पञ्चदशनाम जुना अखाडाका सदस्य महन्त गौरीशंकर पुरीलार्इ परशुराम धाम योगी आश्रमका प्रमुख पिठाधिश्वर घोषणा समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा नगरप्रमुख साउदले नगरले धामको विकास, प्रचारप–प्रसार र प्रवद्र्धनमा कुनै कमी नराख्ने बताए । गत वर्ष नगरले धाममा धार्मिक मेलाको आयोजना गरेको थियो । परशुराम नगरपालिका प्राकृतिक मात्र नभएर धार्मिक हिसाबले पनि जिल्लाकै महत्वपूर्ण क्षेत्र मानिन्छ ।