संसदमा आज प्रधानमन्त्रीले दुई वर्षे कार्यकालको विवरण सुनाउने

काठमाडौं । आज बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षे कार्यकालमा भएका कामको जानकारी गराउने भएका छन् । सम्बोधनका क्रममा उनले सरकारले गरेका कामबारे जानकारी दिने बताइएको छ ।

संसद बैठक दिउँसो दुई बजे बस्ने तय भएको छ । ओलीको नेतृत्वमा बनेको नेतृत्व गरेको सरकारलाई भोलीफागुन ३ मा दुई वर्ष पुग्दैछ । दुई वर्षे कार्यकालमा ओली सरकारले उप निर्वाचन सम्पन्न गर्ने, चीनका राष्ट्पतिको नेपाल भ्रमण, केही विकासमा योजना बाहेक धेरैजसो आलोचना खेप्नु परेको छ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी गराउने छन् । ओलीले सुरुमै संसद बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।