‘पुतलीको घर’ बजारमा

काठमाडौं । पुष्पा बस्नेतको जीवन कथा समेटिएको पुस्तक ‘पुतलीको घर’ प्रकाशित भएको छ । पत्रकार तथा लेखक घनश्याम खड्काले सिएनएन हिरो र सुपर हिरो पुष्पास“ग गरेको लामो अन्तरवार्ता र उनका अभुवलाई पुस्तकाकार दिएका हुन् । पुस्तक अल्केमी पब्लिकेशन्सले बजारमा ल्याएको हो ।

एउटी युवतीले पाएको असफलता र त्यसबाट उम्कन उनको हृदयले तय गरेको बाटोको उत्प्रेरणादायी कथा पुस्तकमा भएको अल्केमिले जनाएको छ । अयारोबाट उज्यालोतिरको यात्रालाई पुस्तकमा सरल ढंगले चित्रण गरिएको छ । कसुरदार बाबु आमास“ग जेलमा परेका निर्दाेष बालबालिकालाई बाहिर ल्याएर पढाई लेखाई सक्षम नागरिक बनाउने काममा लागेकी पुष्पाले आफ्नो जीवन नै तिनै नानीहरुको पढाइमा अर्पित गरेकी छन् ।

जेलमा परेका बच्चाका लागि स्वतन्त्रताकी नायक बनेर चिनिनु अघि पुष्पाको जीवनको रोचक तथ्य पनि पुस्तकमा छ । अरुको दुःख हटाउन खोज्दा उनको आफ्नै दःख कसरी हट्यो र उनले जीवनको अर्थलाई कसरी बुझन पुगिन् भन्ने कुरा पुस्तकमा समेटिएको छ ।

‘पुतलीको घर’ पुस्तक पल्टाउ“दै जँदा जीवनप्रतिको आसा र भरोसा ज्यादा मुखर हुँदै जान्छ । परिणमतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतः भएर आउँछ । पुस्तक बिक्रीबाट आएको रोयल्टी पुतली घरका बालबालिकाको पढाइमा खर्च हुने लेखक खड्काले बताए ।