लगनगाँठो कस्दै नायिका ऋचा

काठमाडौं । नायिका ऋचा शर्माले बैबाहिक बन्धनमा भएकी छिन् ।

आउँदो शनिबार मंसिर २१ गते ऋचाले प्रेमी दीपेशविक्रम राणासँग लगनगाँठो कस्ने बताइएको छ ।

ऋचाले आफ्नो फेसबुक मार्फत उक्त कुराको जानकारी गराएकी हुन् । ऋचाले आफ्नो जोडिलाई सबैले आशिर्वाद दिनसमेत आग्रह गरेकी छन् । दुई वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी ऋचा मिडियामा आफ्नो प्रेमको बारेमा खुलेर बोल्न नचाहने नायिका हुन् ।

दीपेश ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन् । ऋचाले केही समयअघि पोखरामा ब्याचलर पार्टीसमेत दिएकी पथइन् ।