रहेनन ऋषि कपूर

एजेन्सी । बुधबार बलिउडका लागि दुःखद दिन बनेर गएको छ । सिने जगतका दिग्गज र ‘वास्तविक’ अतिनेता इरफान खानसँगै अर्का चर्चित अभिनेता ऋषि कपूरले पनि भौतिक रुपमा संसार छोडेर गएका हुन ।

सुरुमा अभिनेता अमिताभ बच्चनले ट्वीटमार्फत उक्त दुःखद खबरको जानकारी दिएका हुन । अमिताभले बिहीबार बिहान साढे नौ बजे ऋषि कपूरको निधनको खबरसँगै श्रद्धाञ्जली दिएका हुन । उनले ट्वीटमा ‘बो चले गए…ऋषि कपूर … वो चले गए… उनका निधन हो गया । मै टूट गया हू’ भन्दै गहिरो शोक जनाएका छन ।

मंगलबार स्वास्थ्य खराब भएपछि ऋषि कपूरलाई मुंबइको एचएन रिलायंस फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । त्यस क्रममा रणधीर कपूरले भनेको थिए, ‘उहाँ अस्पतालमा हुनुहुन्छ र क्यान्सरसँग लडिरहनुभएको छ । उहाँलार्य सास फेर्न समस्या भइरहेको छ ।’

यसअघि फरबरीमा ऋषिलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो । उनी क्यान्सर र स्वासप्रस्वास सम्बन्धि समस्याबाट ग्रस्त थिए । ६८ वर्षका ऋषिले भारतीय चर्चित दर्जनौ फिल्ममा भूमिका निभएका थिए । उनको निधनलाई लिएर सिंगो बलिउड, त्यहाँका राजनेताहरुले गहिरो शोक व्यक्त गरेका छन ।