स्वास्थ्यकर्मी र कर्मचारीलाई गाउँपालिकाको थप सुविधा

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । प्रोत्साहन प्रदेश सरकार र सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त हो ।

पालिकाले भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारीलाई पाँच लाखको जोखिम विमा गर्ने र नियन्त्रण अभियानमा खटिएका कर्मचारीलाई खाइपाइ आएको तलब सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिने भएको छ ।

अब खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलब सुविधामा ७५ प्रतिशत अतिरिक्त सुविधा पाउनेछन् । गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले तलब सुविधामा ५० प्रतिशत थप तलव सुविधा पाउने छन् । गाउँपालिकामा ६७ लाख ५० हजारको रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना समेत गरेको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए ।