शर्लिनको तस्बिरले गर्मायो बलिउड

एजेन्सी । बढ्दो गर्मीसँग सार्वजनिक भएको बलिउड नायिका शर्लिन चोपडाको तस्बिरले बलिउड थप गर्माएको छ । समय समयमा विभिन्न कारणले चर्चामा आइरहने शर्लिनले फेरि नयाँ फन्डा सार्वजनिक गरेकी छन् । पछिल्लो समय उनले सामाजिक संजालमा पोस्ट गरेको तस्बिर चर्चामा आएको हो ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्बिरमध्ये कतिले गाली दिलाउँछ भने कतिले ताली । हालै उनले इन्स्टाग्राममा केही तस्बिर शेयर गरेर फ्यानको ध्यान आफूतिर आकर्षित गरेकी हुन् ।

वालपेपर क्वीनका रुपमा समेत चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छन् । तर, उनी खासै चल्तीकी कलाकार भने होइनन् । उनी चर्चाका लागि भने नाम समेत बदल्ने गर्छिन । अहिले शर्लिन भनेर चिनिने उनी पहिला मोना नामले चिनिने गर्थिन् ।