प्रकाशनको तयारीमा रहेको एसईईको नतिजा यसरी हेर्न सकिनेछ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल आज प्रकाशन गर्ने भने पनि विविध कारणले बिहीबार मात्रै प्रकाशित गर्ने भएको छ ।

बोर्डका अनुसार तयारी भइरहेको र भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ । परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जनाउँदै बोडैले अधिकांश तयारी सकिएको र पुनः परीक्षणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बुझिएको छ । बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिएका छन् ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce. gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www. doe.gov.np शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np , राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np मा गएर परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।