एसईई परीक्षा रोकियो

काठमाडौं । कारोना भाइरस (कोभिड १९) को त्रासका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेका समितिका एक सदस्यले मिडियालाई बताएका छन् । भोली बिहीबार अर्थात चैत ६ गतेदेखि एसईई परीक्षा हुँदै थियो ।