एसईई मोडल हन्टका प्रतिस्पर्धी प्रशिक्षणमा

काठमाडौं । सौदर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका २६ युवायुवती अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षणमा छन् ।

प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकासाथै बिजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडरलगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट अनुभव हासिल गर्नेछन् ।
एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ उपयुक्त प्लेट र्फम भएको आयोजक डिएम इन्टरटेनमेन्टको भनाइ छ ।
‘एसईई मोड हन्ट’को अन्तिम प्रतिस्पर्धा जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ ।