‘यो फूल तिमीलाई नै हो’ भन्दै सेलिना

काठमाडौं । गायिका सेलिना कुवँर ‘यो फूल तिमीलाई नै हो’ बोलको नयाँ गीत लिएर आएकी छिन् । गायक राजेश पायल राईसँग युगल स्वरमा ल्याइएको गीतका शब्द रमेश क्षत्रीले लेखेका हुन् ।

गीतमा संगीत सन्तोस राजको रहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गरिएको गीतमा सारिका र लक्ष्मणले अभिनय गरेका छन् ।