लाग्छ सँधै सुनिरहुँ आनन्द तिमीलाई…

अक्षरपाटी विशेष

‘अचेल त जो कोही गायक, जो कोही कलाकार’, नेपाली गजल गायनका सुत्रधार मानिने, आनन्द कार्कीको मुल्यांकन छ, ‘प्रतिभा, समर्पण सांगीतिक ज्ञान, कला र गलाभन्दा रहर र चर्चाका लागि आउनेको भीड ठूलो छ ।’

गयक कार्कीले गायन सुरु गर्दा ठूलै युद्ध जितेसरह थियो । कला हेरिन्थ्यो । गलाको परीक्षण हुन्थ्यो । एउटै गीत रेकर्ड गर्न हप्तौँ, हप्ता धाउनु पथ्र्यो । एक टेक दिएर अचेल जस्तो प्रविधिले मिलाउँदैन थियो । दर्जनौ टेक दिनुपथ्र्यो ।

एक गीत बनाउन बाध्यवादक, संगीतकार, ऐरेन्जर, रेकर्डिस्टदेखि अग्रजहरू गरेर दर्जन व्यक्ति एकै थलोमा सजमा हुन्थे । एक पटकमा गीत रेकर्ड हुँदैन थियो ।

नेपाली गजल गायनमा ब्रान्ड बनेका गायक कार्की यतिबेला आधुनिक, भजन, बालगीतदेखि क्लबगीत गायनमा पुगेका छन् । तर उनी सतही र सस्तो गीत गाउँदैनन् । किनकि करिब ३५ वर्षको गायन यात्रमा आर्जन गरेको साख जोगाउनु धर्म ठान्छन् ।

लखनऊ पढ्दाताका ‘स्पार्क’ सांगीतिक ग्रुप बनाएर यो यात्रामा होमिएका कार्कीको औपचारिक सांगीतक यात्रा ०४२ सालमा सुरु भएको हो । रेडियो नेपालमा उनले ‘जीवनमा धेरै खोला तर्नुछ’ बाट औपचारिक यात्रा थालेको सम्झन्छन् । ‘त्यसबेला अहिलेजस्तो गायक बन्न मन लाग्यो, स्टुडियो पस्यो दुईचार लाइन गायो,’ यत्तिले हुँदैन थियो ।

गीत बोकर हप्तौं संगीतकारकोमा धाउनुपथ्र्यो । वाध्यवादक पाउनै मुस्किल हुन्थ्यो । बल्लतल्ला मिहिनेत र पसिनाले गीत बन्थे र चल्थे । अचेलको गीतसंगीत बजारमुखी र व्यापारमुखी भएकोतर्फ इंगित गर्दै उनले भने, ‘अब सजिलो छ, प्रविधिले सबै कुरा मिलाइ दिन्छ । स्टेजले चर्चामा पुर्याइहाल्छ ।’

कलामा साधना जरुरी हुने उनको मत छ । हुन पनि त हो, त्यो मिहिनेत, इमान्दारिता, साधना र समर्पण नभएको भए,
जे जे हुने हो हुन्छ यहाँ, पर्दा पछाडि नै
देखि
मेरो हजुर तस्बिरमा मुस्काउनु हुन्छ आज पनि चलिरहने थिएनन् ।
कार्कीले गीतमा लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई भनेझै
स्रोताले भन्ने थिएनन् होला लाग्छ सँधै सुनिरहुँ आनन्द तिमीलाई ।