‘ढुकढुकी’मा केकीसंग रिजनको मायापिरती

काठमाडौं । मेषबहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । कौशिला कार्की बस्नेत निमात्री रहेको भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मेषबहादुर बस्नेतको शब्द तथा स्वरुपराज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा आरपी लामिछानेले संगीत भरेका छन् । रुवरुप राज आचार्य र मेलिना राईले पहिलोपटक युगल गायनमा देखिएका हुन् ।

भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय छ । भिडियोलाई मदन काश्यप घिमिरेले छायाङ्कन गरेका छन् भने यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् । लोमस चापागाईं र मिलन भण्डारीले भिडियोको सहायक निर्देशन गरेका छन् ।

उज्वल ढकालले दृष्य सम्पादन गरेका छन् भने ड्रोन रोनिश तामाङको तथा संगीत संयोजन रकेश ओली, संगीत सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।