पहिलो पटक आयोजक सुप–११ स्पोर्टस क्लब फाईनलमा

धनगढी । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब पहिलो पटक नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाईनलमा विभागीय टीम नेपाल एपिएफ क्लबलाई हराउँदै पहिलो पटक प्रतियोगिताको फाईनलमा पुगेको हो ।

धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो । सुदूरपश्चिम–११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो । घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले एपीएफ विरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो । विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दै सुदुरपश्चिमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए । डिबक्सको अगाडी प्राप्त बललाई आशिषले दुई डिफेन्डर र आयोजकका गोलरक्षक सुजित विसीलाई बिट गर्दै गोल गरे । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल सुदुरपश्चिमले २–१ ले आफ्नो बनायो ।

यससँगै सुदूरपश्चिमले पहिलो पटक प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा भने सुदूरपश्चिम एपीएफसँग नै पराजित भएको थियो । यस पटक भने एपिएफसँग बदला लिँदै सुदूरपश्चिम फाईनल पुग्न सफल भयो । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका विक्रम चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

पहिलो पटक फाइनल पुगेपछि सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले अघिल्लो पटक हारेको ईखले खेल्दा जित निकाल्न सफल भएको बताए । अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । आईतबार प्रतियोगिताको दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको जेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोबाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् ।