सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब

अघिल्लो वर्षका महत्वाकांक्षी योजना भने सुरु नै भएनन

धनगढी । सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७६, ७७ का लागि करिब २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताए ।

असार १ गते बजेट सार्वजनिक हुने उनले बताए । असार १ गते दिउँसो ४ बजे संसद बैठकमा बजेट पेश गरिने छ ।
बजेटले सुदूरपश्चिम प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि र विकासलाई अगाडि बढाउन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको मन्त्री बोहराले बताए ।

बजेटले वैदेशिक आयात निरुत्साहित गर्ने कार्यक्रमलाई पनि समावेश गरेको बताइएको छ । तर सुदूरपश्चिम सरकारले अघिल्लो वर्षका महत्वाकांक्षी योजना भने सुरु नै गर्न सकेको छैन ।