मच्छर मार्न नसक्ने सरकारबाट के आस गर्नेः सुजाता

काठमाडौं । ‘डेंगु फैलाउने मच्छर मार्न नसक्ने दुईतिहाईको शक्तिशाली सरकारबाट जनताले के आस गर्ने ?’ सांसद सुजाता परियारले सरकारसँग प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भनिन्, ‘डेंगु नियन्त्रणमा सरकार उदासीन बनेको छ ।’ उनले डेंगु रोगको परीक्षण र उपचार सहज बनाउन सरकारको ध्यानाकर्षणसमेत गराइन् ।

डेंगु रोग लागेका मन्त्रीलाई राम्रो अस्पतालमा उपचार गराए पनि सर्वसाधारण जनताको स्वास्थ्य जाँच गर्न उपकरणसमेत नभएको समाचार आउँदा सरकार के हेरेर बसिरहेको छ ? भन्दै उनले आक्रोस व्यक्त गरिन् ।

उनले प्रतिनिधिसभा बोल्दै भनिन्, ‘डेंगु रोग फैलाउने मच्छर मार्न नसक्ने सरकारसँग जनताले आस मारिसकेका छन् ।’