सुमनको ‘लभ यू लभ यू’ बजारमा

काठमाडौं । धादिङको नेत्रावती गाउँपालिका ५ मा जन्मिएका सुमन गुरुङ गायन क्षेत्रमा एक आसलाग्दो अनुहारका रुपमा प्रस्तुत भएका छन् । स्नातक अध्ययनको तयारीमा रहेका गुरुङले हालै ‘लभ यू लभ यू’ बोलको गीत बजारमा ल्याएका हुन् ।

पप शैलीको डान्सिङ गीतमा उनी आफैले अभिनयसमेत गरेका छन् । उनलाई अभिनयमा मोडल कविता नेपालीले साथ दिएकी छिन् । गीतको शब्द तथा संगीत दीपक रमणको हो । गीतको निर्देशन क्रान्ति केसीले गरेका छन् ।

ओएसआर डिजिटलबाट सार्वजतिक गरिएको गीत छोटो समयमै निकै रुचाइएको छ । आफ्नो पहिलो गीत र अभिनय भए पनि दर्शक, स्रोताले निकै माया गरेको गायक तथा मोडल सुमन गुरुङले बताए ।