जुन तस्बिर चर्चामा छ

0 अक्षर विशेष

काठमाडौं ।देशका अधिकांस स्थानमा परेको अबिरल वर्षा, त्यसका कारण आएको बाढी र पहिरोले करिब २८ जनाको ज्यान गइसकेको छ । ढेड दर्जन मानिस सम्पर्कविहीन छन् ।

राजधानी काठमाडौदेखि प्रदेश दुई र तीन बढी प्रभावित भएका छन् । सुस्त भए पनि राहत र उद्धारको काम भइरहेको छ । पश्चिम नेपाल पनि बाढी, पहिरोका कारण प्रभावित बनेको छ ।

धेरै स्थानमा वर्षा र बाढी जारी रहेकाले मानिसहरु त्रसित छन् । सुरक्षा निकाय, सामाजिक संस्था र रेडक्रस उद्धार तथा राहतमा सक्रिए  छन् । देशका करिब दुई दर्जनभन्दा बढी जिल्लामा सडक सञ्जा अवरुद्ध भएको छ । कतिपय हवाइ सेवासमेत प्रभावित भएको छ ।

यस्तैमा नेपाली सेनाले एक अबोध बालकको उद्धार गरिरहेको ‘मासुम’ तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर कस्ले कहाँ खिच्यो ? कुन स्थानको र कहिलेको हो भन्ने खुलाइएको छैन । तर यसले आम नेपालीको ध्यान केन्द्रित गरेको छ ।

सुरक्षा निकायप्रति निकै कृतज्ञ बनाएको देखिन्छ । धेरैले सामाजिक सञ्जालमा यो तस्बिर सेयर गर्दै लेख्न थालेका छन्- ‘त्यसैले टाटेपांग्रे लुगासंग बर्षौ बर्षको सम्बन्ध छ जस्तो लाग्छ।’ तस्बिर उद्धारकै हो । त्यसैले यो तस्बिरले एउटा ठूलो सन्देश भने दिएको छ । जब देश डुब्न लाग्छ, तब सेना वा सुरक्षा निकायप्रति आम नागरिकको ठूलो भरोसा जोडिएर आउँछ ।