उपप्रधानमन्त्री यादव लाइभ टिभी कार्यक्रमबाट जंगीदै यसरी बाहिरिए (भिडियो)

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव एक टेलिभिजनको अन्तर्वार्ताको बिचमै उठेर बाहिरिएका छन् । एभी न्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा पुगेका यादवले अन्तरवार्ताकै क्रममा कार्यक्रमको बिचबाटै बाहिरिएका हुन् ।

कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ यादाव माइक फुकालेर अन्तर्वार्ता छोडेर हिँडेका थिए । अन्तर्वार्ता लिने पत्रकारले नयाँ पार्टीको गठनको शुभकामनासँगै ‘यो पार्टीले जनतालाई के दिन्छ ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले ‘तपाईँ मिडियामा हुनुहुन्छ, मिडियाले के दिन्छ रु भनेर प्रतिप्रश्न गरे । पत्रकारले नम्र भएर ‘हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ’ भनेर जवाफ दिए ।

त्यसपछि यादवले ‘तपाईँलाई त प्रश्न गर्ने ढंग पनि दिएको छैन, पहिला प्रश्न गर्ने शैली सिक्नुस्’ भन्ने जवाफ फर्काए । उनीहरुबिच विवाद लम्बिदै गयो र मन्त्री यादव माइक निकालेर हुर्‍याउँदै अन्तर्वार्ताबाट बाहिरिए । अहिले उनको कृयाकलापको चौतर्फि आलोचना भइरहेको छ । शिष्ट शैलीमै सोधिएको प्रश्नमा मन्त्री यादव आक्रोसित हुनु सोभनिए नभएको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको हो ।