योगी आदित्यनाथले भनेः शत्रु को हो, मित्र को हो ? चिन्नुस

सांस्कृतिक सम्बन्ध नेपाल भारतको साझा विरासत हो

लखनऊ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल भारतको सांस्कृतिक सम्बन्ध साझा विरासत भएको बताएका छन् । उनले दुई देशको सांस्कृतिक सम्बन्धमा राजनीति बाधन हुन नहुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री योगीले कालिदास मार्गस्थितत आफ्नो सरकारी निवासमा आयोजित द्वीतीय नेपाल भारत द्वीपक्षीय वार्तालाई सम्बोधन गर्दै त्यस्तो विचार व्यक्त गरेका हुन ।

इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नपाल इन्डो च्याम्बरले आयोजना गरेको कार्यक्रममा योगी आदित्यनाथले भने, ‘दुबै देशका लागि यो उत्तम पहल हो । भारत नेपाल प्राचीन कालदेखि दुई शरीर भए पनि हाम्रो सांस्कृतिक विरासतले एकात्मक भएर जोडेको छ ।’ उनले दुबै देसको एकआपसमा हित जोडिएको बताए ।

उनले भारतीय सेनामा नेपालीहरु सानोदेखि उच्च ओहोदामा पुगेको पनि स्मरण गरे । उनले यो भारतको नेपालप्रतिको विश्वास भएको र यही विश्वासमा सम्बन्धको विरासत टिकेको पनि बताए ।

योगीले नेपाल पर्यटनको सबैभन्दा ठूलो हव हुनसक्ने बताउँदै काशी विश्वनाथदेखि पशुपतीनाथ धार्मिक पर्यटनका रुपमा जोडिएको बताए । उनले जनकपुरीदेखि अयोध्या जोडिएको उल्लेख गर्दै भने, ‘भारतको वाराणसी यदि स्मार्ट सिटीका रुपमा विससित भइरहेको छ भने, काठमाडौं किन पछाडि परेको ?’

उनले नेपालको धार्मिक पर्यटनलाई भारतीय धार्मिक पर्यटनसँग जोडन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका भएको उल्लेख गर्दै घुमाउरो भाषामा भने, ‘नेपालले चिन्न सक्नुपर्छ मित्र को हो, शत्रु को हो ?’ उनले नेपालले पनि काशीविश्वनाथजस्तो नेपालले पनि मन्दिरहरु र सांस्कृतिक धरोहरलाई रोजगारसँग जोड्न सक्नुपर्ने सुझाव दिए । कार्यक्रममा भाजपाका राष्ट्रिय महासचिव राम माधवले भारत र नेपाल धेरै पुराना छिमेकी भएको उल्लेख गरे । उनले दुबै देश सँगै अगाडि बढोस भन्ने चाहना भारतको भएको बताए । उनले  छिमेकी प्रथम र   हामी सँगै अगाडि बढौँ भन्ने दुई सिधान्त भारतको भएको बताए ।