प्रदेश २ सरकारले बढायो छोरी बीमा रकम, १० हजार साइकल वितरण गरिँदै

जनकपुर । प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकम बढाएको छ । सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी तीन लाख पु¥याइएको जानकारी दिए । उनले प्रदेश सरकारद्वारा गत वर्ष फागुन ९ गतेदखि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वीरगञ्जबाट थालनी गरिएको सो योजनाअन्तर्गत चार हजार ३७३ छोरीलाई बीमा रकम उपलब्ध गराइएको बताए ।

उनले विगतमा प्रदेशबाट सो रकम दिँदै आएकामा अबदेखि स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयसमेत भएको जानकारी दिए । उनले प्रदेश सरकारले उपलब्ध गराउने रकममा स्थानीय तहलाई थप वृद्धि गरी छ लाख पु¥याउन आग्रह गर्ने पनि बताए ।

लैङ्गिक विभेद र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले सो योजना थालनी गरिएको बताउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा कक्षा १ देखि ८ कक्षामा पढने दलित र मुस्लिम समुदायका छोरीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको समेत बताए ।

‘बेटी पढाउ, बेटी बचाउ’ योजनाअन्तर्गत १४ हजार साइकल वितरण गरिएको जानकारी गराउँदै उनले आगामी दिनमा १० हजार साइकल वितरणका लागि गृहकार्य भइरहेको बताए ।