धामीको हत्या छानविन गर्न सिआईबी खटाउनुपर्ने कांग्रेसको माग

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको दावी गर्दै छानबिन तत्काल सिआईबीको टोली खटाउनुपर्ने काँग्रेसले माग गरेको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले तत्काल सिआईबी खटाएर छानबिन गर्नुपर्ने संसदमा माग गरेकी हुन् ।

माघ २० गते हत्या गरिएका वडाअध्यक्ष धामीको लास उठाउन स्थानीयहरूले अवरोध गरेका छन् । सचेतक भुसालले भनिन्, ुहत्या कसले र किन गरेको हो सत्यतथ्य छानबिन गर्न सिआईबीको टोली पठाउन सरकारलाई आग्रह गर्दछु ।ु

मंगलवार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा उनको शव भेटिएको थियो । मृतक धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।