नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

काठमाडौं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो । शर्मा मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

नेपाल टेलिभिजनका संस्थापकमध्येका एक ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहेका थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता थिए ।

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका शर्माको जन्म इलामको फिक्कलमा भएको हो । शर्माका श्रीमती र दुई छोरा छन् ।