कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच सय, हङकङमा १८ सङ्क्रमित

एजेन्सी । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हङकङमा १८ जना सङ्क्रमित भएका छन् । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका छन् ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो ।

कोरोना भाइरसका कारण चीनमा हालसम्म करिब ५०० जनाको ज्यान गएको छ । चिकित्कसकहरु युद्धमैदानमाजस्तै गरि संक्रमितको उपचारमा खटिएका छन् । उनीहरु कैयौँ दिनदेखि परिवारको सम्पर्कमा समेत नआएर विरामीको उपचारमा सक्रिय रहेको बताइएको छ ।