कृष्ण पहाडीको खाताको रकम शान्ति समाजलाई

काठमाडौं । नागरिक आन्दोलनका अगुवा एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन् ।

उनले आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा गरेका हुन् । ५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तक प्रकाशित छन् ।