११ किलो चरेशसहित तीन जना पक्राउ

कञ्चनपुर । ११ किलोग्राम चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरोको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालयय कञ्चनपुरको टोलीले चेकजाँचका क्रममा भीमदत्त नगरपालिका– ३ भाँसीबाट चरेशसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–६ गाउँजी गोपाल धामी, बझाङको केदारस्यु गाँउपालिका–६ का मकर धामी र बझाङकै बुङगल नगरपालिका–२ का जयबहादुर धामी छन् ।

उनीहरुलाई ब्रह्मदेव लिंक रोड नजिकैबाट चेकजाँच गर्दा सो परिमाणमा चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।