कृषकलाई ओखरको बिरुवा

डडेल्धुराको परशुराम नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत किसानलाई ओखरका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा छनौट भएका लेकाली भेगका किसानलाई नगर प्रमुख भिमबहादुर साउदले ओखरका बिरुवा वितरण गरेका हुन् ।