चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व

हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा अभिवेशन समपन्न भएको हो ।

मन्त्री जमकट्टेलले मकवानपुर प्राकृतीक सुन्दर रहेको भन्दै बागमती प्रदेशको राजधानी भइसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा कैद गरेर हेटौंडाको सुन्दरता प्रस्तुत गर्न चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइले मोफसलमा चलचित्र क्षेत्रको बिस्तारमा संचारकर्मीहरुको ठूलो भूमिका रहेको बताए ।

कार्यक्रममा ब्रोडकास्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब अनिल यादब लगायतले विचार व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

चौथो अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् ।
सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए ।