२२ जिल्लामा ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’

काठमाडौं । पुष २२ गते घोषणा गरिएको ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराईरमधेसका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ ।

अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफका अनुसार आफूहरुले घोषणा गरेको उद्घोष तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उनकाअनुसार कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।

नेपाल आएका विदेशी पर्यटकको कम्तिमा एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ ।

अढाई वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्ष पनि निरन्तरता दिएको छ । ‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ ।

तराई र मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ ।

विज्ञप्तीमा थप भनिएको छ, ‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं बिशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्दै अगाडि बढिरहेको छ ।’  आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।