साहित्यसँगै खाना महोत्सव हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खाना महोत्सव हुने भएको छ। सुदूरपश्चिम खाना महोत्सवका नाममा होटल व्यवसायी संघ कैलालीले महोत्वसवआयोजना गर्न लागेको हो ।

सुदूरपश्चि साहित्य समाजले फागुन १४ गतेदेखि २० गतेसम्म आयोजना गर्न लागेको विश्व नेपाली साहित्य महोत्सवसंगै खाना महोत्सव हुन लागेको हो । महोत्सव धनगढीको खुलामञ्चमा आयोजना गरिने आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए ।

‘प्रदेशमै पहिलोपटक खाना महोत्सव आयोजनाको तयारीमा छौ,’ अध्यक्ष बमले भने । महोत्सवमा २५ स्टल हुनेछन् । तीं स्टलमा सुदूरपश्चिम प्रदेशका परम्परागत खानाहरु हुनेछन् । स्थानीय मौलिक खानाको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको बमले बताए ।