कोरोनाबारे रेडक्रसको अभिमुखिकरण

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले नोवेल कोरोना भाइरसबारे अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सागर दाहाल, महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरबाटसमेत सहभागिता थियो ।अभिमुखिकरणमा कार्यसमितिका सदस्यहरु, उपशाखा सभापति तथा प्रतिनिधि, कर्मचारी र स्वयंसेवकहरुको उपस्थिती थियो ।

रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले सरकार र नेरेसो केन्द्रीय कार्यालयको समन्वय तथा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा नगरकोटस्थित खानेपानी कार्यालयमा निर्माण भएको क्वारेन्टाइनमा हेल्प डेस्क समेत सञ्चालन गरेको छ । ती स्थानहरुबाट जनचेतनामुलक पर्चा वितरण गर्ने र भाइरसबाट सुरक्षित हुने जानकारी प्रदान गरिरहेको भक्तपुर शाखाले जनाएको छ ।

उता नेशनल मेडिकल कलेजमा एमविविस अध्ययनरत १३ विद्यार्थीले पर्सा रेडक्रसको कार्यालयमा पुगेर रेडक्रसका गतिविधि तथा कोरोना भाइरसबारे जानकारी लिएका छन् । गए शुक्रबार पनि ४६ विद्यार्थीले रेडक्रसको कार्यालयमा पुगेर जानकारी लिएका थिए ।