कारागारबाट छुटे महरा

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार उनले बलात्कार मुद्दामा सफाइ पाएका हुन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

उनलाई डिल्लीबजार स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताकार्यकर्ता पुगेका थिए । बाहिर ठूलो भीडले महराको रिहाइप्रति चासो देखाएको थियो । महरा छुटन् भएपछि सोमबार दिउँसो डिल्लीबजार क्षेत्रमा केही समय ट्राफिक जाम भएको थियो ।