तीन दिनको मौसम : कतै तुवालो कतै पानी पर्ने सम्भावना

काठमाडौं । मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असरका कारण मौसममा खरावी देखिएको हो । यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाका अनुसार बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाको अनुमान छ ।

मङ्गलबार काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने अनुमान छ ।

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क (मुखावरण) लगाउन डाक्टरहरुले आग्रह गरेका छन् । बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।