कांग्रेसले तीन मिनेटमा गर्‍यो सरकारको दुई वर्षको समिक्षा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ ।

कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना प्रतिवद्धता नै भुलेको आरोप लगाएका हुन् ।

उनले भिडियो मार्फत दुई वर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरेका छन् । उनले भिडियोको सुरुमा सरकारलाई दुई वर्ष पूरा गरेकोमा बधाइ समेत दिएका छन् ।

लगत्तै उनी प्रश्न गर्छन्, ‘तर जनताको बधाइ प्राप्त गर्ने गरी काम के के भए त ?’