किशोरीहरुको स्वास्थ्यबारे आश्चर्यलाग्दो तथ्य

एजेन्सी । हालै सार्वजनिक मेडिकल रिपोर्टकाअनुसार किशोरी केटीहरु (टिनएज) शारीरिक गतिविधिमा किशोर केटाहरुको तुलनामा निकै पछि रहेको देखाएको छ । शारीरिक मेहनत न गर्नाले उनीहरुको मानसिक विकासमा समस्या हुनसक्ने चेतावनी दिइएको छ । रिपोर्टमा भनिएको छ, ‘तपाइँकी छोरीचेली तपाईँकी छोरी गम्भिर बिमारीको शिकार नहोउन्, त्यसका लागि आजै उपाए अपनाइहाल्नुस ।’

१४६ देशमा रिसर्च

डब्लूएचओको रिपोर्टमा भनिएको छ कि दिनभरीमा एक घन्टा शारीरिक गतिविधिमा पनि किशोरीहरु कमजोर देखिएका छन् । लगातार १५ वर्षसम्म १४६ देशका टिनएज ग्रुपका किशोर किशोरीमा गरिएको शोधपछि यस्तो तथ्य पत्ता लागेको हो । यसमा आश्चर्यलाग्दो कुरा त के छ भने किशोरको तुलनामा किशोरीहरु शारीरिक गतिविधिमा निकै पछि छन् ।

डब्लूएचओका प्रमुख रिसर्चर डाक्टर रेजिना गटहोलडका अनुसार रिसर्चमा ११ देखि १७ वर्षसम्मका किशोर किशोरी सहभागी थिए । उनीहरुको दिनचर्यामाथि अध्ययन गरिएको थियो र निगरानी राखिएको थियो । यस क्रममा २४ घन्टामा ६० सेकेन्ट शारीरिक गतिविधिको रेसियो रेकर्ड गरिएको थियो । यस्तोमा किशोरीहरु गम्भिर रुपमा शारीरिक र मानसिक बिरामीको मारमा पर्नसक्ने चिन्ता गरिएको छ ।

बिरामीबाट बच्ने उपाय

चिकित्सकले टिनएज किशोर किशोरीलाई शारीरिक रुपमा क्रियाशील बनाउन विभिन्न ग्याजेट अर्थात स्क्रिनबाट टाढा रहन सल्लाह दिएका छन् ।
अर्को उपाए मर्निङ वाक र योग गर्न सुझाएका छन् ।
तेस्रो उपाएका रुपमा आउटडोर सपोर्टमा सहभागी हुन भनिएको छ ।
चौथो उपाएका रुपमा साइकिल्ङि, स्विमिङलाई महत्व दिइएको छ ।

विशेषज्ञहरुका अनुसार अभिभावकले यदि आफ्ना बालबालिकालाई यी चार नियम अनुसरण गराउने हो भने उनीहरुको स्वास्थ्यमा आइपर्नसक्ने समस्या कम भएर जानेछन् । र उनीहरु हुनसक्ने बिरामीबाट बच्नेछन् ।