सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस स्थापनाको शिलशिलामा ७० करोड घुस मागेको विवाद मिडियामा आएपछि उनी निकै आलोचित भएका थिए ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले राष्ट्रिय सभा बैटक अवरुद्ध पारेर संसद समेत चल्न नदिने भएपछि सरकार निकै समस्यामा परेको थियो । देशभर फैलिएको आलोचना, आक्रोस तथा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकलम दाहालले दबाब दिएपछि बास्कोटाले धनगढीबाट फर्कने वित्तिकै राजनीतमा दिएका हुन् ।

संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्रीको राजीनामाबारे जानकारी गराएका हुन् । यसअघि सुदूरपश्चिबाट फर्कँदै गर्दा बास्कोटाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग बोल्न मानेका थिएनन् ।