ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झैता

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच सम्झौत भएको छ । दुई संस्थाबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’को प्लेटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।