काँग्रेस सभापतिद्वारा शिवरात्रिको शुभकामना

काठमाडौं । काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्रि’को सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुभकामना दिएका छन् ।

देउवाले सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका हुन् । सभापति देउवाले विज्ञप्तिमार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै हरेक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर चाडपर्वले सामूहिक भावनालाई थप मजबुत र विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सभापति देउवाले उल्लेख गरेका छन् ।

नेपाली जनताको दशकौँदेखिको त्याग र बलिदानस्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने पनि उनले उल्लेख गरेका छन् ।