दुई लाख घुस लिने प्राविधिक पक्राउ

सुर्खेत । भेरीगंगा नगरपालिका सुर्खेतका प्राविधिकलाई दुई लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतबाट गएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई बिहीबार बेलुकी भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको जनाएका छन् ।

अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको छ ।