काठमाडौं । फिल्ममा नायकको भुमिकामा देखिने राज क्षितित गायकको रुपमा प्रस्तुत भएका छन् । ‘लाहुरे’ बोलको लोकगीतमार्फत उनी स्रोतामाझ आएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् ।
बिहिबार एक कार्यक्रम गरि गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरेलगायतको उपस्थिति थियो ।
गीतको भिडियो समेत बनाइएको छ । भिडियोमा गायक राजसँगै रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनामलगायतले अभिनय गरेका छन् । गीतमा लय नविन रावलकोे छ ।
विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा गीतमा बुनिएको छ । गीतले युवापुस्तामा देखिएको विकृति र बिसंगतीमा प्रहार गरेको छ ।
भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् ।