ठाडोभाकाका सर्जकको स्मृतिमा संग्रहालय

 लमजुङ । लोकगीत विधाको पुरानो र मौलिक ठाडोभाकाका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । लमजुङ नगरपालिका १० स्थित हाँडीखोला नास्के–वर्धन गाउँमा संग्रहालय निर्माण गरिएको हो ।

नगरपालिकाको १८ लाख र स्थानीयवासीको सहयोगमा संग्रहालय निर्माण गरिएको बताइएको छ । दुराले आफ्नो जीवनकालमा ठाडोभाकालाई सम्वद्र्धन गर्न अतुलनीय योगदान पुर्याएका थिए । अहिले यो भाका ओझेलिँदै गएको छ ।