कोरोना भाइरसः वुहानमा चार हजार शैयाको वातानुकूलित नयाँ अस्पताल

एजेन्सी । चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिईन लागेको छ । सङ्क्रमितहरूलाई सेवा दिन नयाँ अस्पतालको रुवरुप दिइन लागेको चीनले जनाएको छ ।

कूल तीन हजार ६९० सीट क्षमताको सो अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा वातानुकूलित, बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् ।

कोरोनाभाइरसको प्रकोपबीचमा शैयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ ।