चीनको छिङहाईबाट कोरोना सङ्क्रमित सबै विरामी घर फर्र्किए

एजेन्सी । चीनको एछिङ्हाई प्रान्तका सबै कोरोना सङ्क्रमित बिरामी अस्पतालबाट घर फिर्ता भएका छन् । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् ।

शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जनाएका हुन् । अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको उनीहरूले दावी गरेको समाचार बाहिरिएको छ ।