साहित्यमय बन्यो नेपाली भाषाको उद्गमस्थल

O रोहित गिरी

धनगढी । पर्दामा देखिने कलाकारदेखि, किताबमा पढिने स्थापित साहित्यकारसम्म यतिबेला धनढीमा जमा भएका छन् । सुदूरपश्चिमका विविध कला, सँस्कृति र भेषभुषासहित धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य सम्मेलनमा भाग लिन देश र देश बाहिरका श्रष्टा, कलाकार, लेखक र पत्रकार धनगढीमा ओइरिएका हुन् ।

नेपाली भाषा साहित्यलाई विश्वभर परिचित गराउने र विश्वका नेपाली साहित्यकारहरुको अनुभव साँट्ने उद्देश्यले धनगढीमा बुधबार विश्व नेपाली साहित्य महोत्सव शुरु भएको हो । सुदूरपश्चिम साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धनमा आयोजित साहित्य महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका साहित्यकारहरुले भाग लिएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरु धनगढी आएका छन् । महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरुको सम्वाद, कार्यपत्र प्रस्तुती, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुती भइरहेको छ । महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यसकारहरुको सम्वाद तथा प्रस्तुती रहने कार्यसूचि छ ।

उद्घाटन कार्यक्रममा सताव्धी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरु मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरुको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । पञ्चेवाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवा लगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो । उद्घाटन कार्यक्रम शुरु हुनु पुर्व धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट्स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको थियो ।

नेपाली विश्वको उन्नत भाषा : राष्ट्रपति
राष्ट्रपति विद्यादेवि भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताएकी छिन । उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् ।

‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु ।’ उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन् । उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ ।’

उनले मानव जातीको अथक परिश्रमद्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबिचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’

उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन् । उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पु¥याउनु पर्दछ ।’ उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।

उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउ“दै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’ उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् । ‘नेपाली भाषा, संगित, कला, साहित्य, रितिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, संगित र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बा“ध्न सहयोग पुर्याएको छ ।’
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधी सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा सताव्धी पुरुष सत्यमोहना जोशी, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

????????????????????????????????????