काठमाडौं मेडिकल कलेजः मेडिको लिगल सेवा सञ्चालन गर्ने पहिलो गैह्रसरकारी संस्था

कामठाडौं । काठमाडौं मेडिकल कलेजले गैह्र सरकारी संस्थाहरुमा पहिलोपटक मेडिको लिगल सेवा सञ्चालन गर्ने भएको छ ।
सरकारले मेडिकल कलेजको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका २ स्थित शिक्षण अस्पताल परिसरमा माघ १५ देखि नै लागू हुने गरि मेडिको लिगल सेवा सञ्चालन गर्ने अनुमति दिएको हो ।

यस सेवा अन्तर्गत उमेर प्रमाणीकरण, घाउ जाँच र कुटपिटको जाँच, जबरजस्ती करणी जाँच, मानसिक अवस्था जाँच, यातनाजस्ता कुराको जाँच गर्ने छ ।

काठमाडौं मेडिकल कलेजले अब शव परिक्षण समेत गर्ने छ । यस खालको सेवा हालसम्म सरकारी अस्पतालमा मात्रै सिमित रहेको काठमाडौं मेडिकल कलेज प्रशासनले जनाएको छ ।

केएमसीसँग रहेको विशेषज्ञ चिकित्सकहरुको उपलब्धता, सेवा सञ्चालनका लागि आवस्यक जनशक्ति, भौतिक संरचनाका कारण सरकारले यस्तो अनुमति दिएको कलेजले जनाएको छ ।

यो सेवा सुरु भएमा सो क्षेत्रका स्थानीय बासिन्दाले पाउने शिघ्र सेवालगायतका कारणले सरकारले काठमाडौं मेडिकल कलेजलाई नेपालमै पहिलो नम्बरमा सेवा स्वीकृति दिएको बताइएको छ । सरकारले अनुमति दिएको सेवा मेडिकल कलेजले आगामी चैत १६ देखि सञ्चालनमा ल्याउन लागेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।