प्रदिप र कल्पनाको पोल्टोमा काँठे लोक दोहोरी प्रतियोगिताको उपाधि

काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगितको उपाधि सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडीले हात पारेको छ । ‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ डिएआर मुभिजले प्रतियोगिता आयोजना गरेको हो ।

टुडिखेलमा फाल्गुण १६ देखि २० गतेसम्म भएको प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव अन्तर्गतको प्रतियोगितामा गोर्खाकी बबिता बाँनिया (जेरी) र विजय बाँनियको जोडीले रोक्का र दाहालको जोडिसँग प्रतिस्पर्धा गरेको थियो ।

जितसँगै विजेता प्रदिप र कल्पनाको टिमले तीन लाखसहित, एउटा गीत रेर्कड गर्ने अवसर पाएको छ । उपविजेता समुह बबिता बाँनिया र विजय बाँनियाले नगद दुई लाखसहित, एउटा गीत रेर्कड गर्न पाउने छन् ।

तेस्रो र चौथो नतिजाका लाति प्रतिस्पर्धामा उत्रेको दिलीप थापामगर र टिकामाया फ्याली राष्ट्रिय लोक दोहोरी प्रतिष्ठिान कोटेश्वरको जाडीसँग नुवाकोटका भगवान कार्की र सर्लाहीकी मिरा रायमाझिको जोडी बिच बराबरी भएको थियो । दुवै टिमले नगद पचहत्तर हजारसहित एक एक वटा गीत रेर्कड गर्न अवसर पाउने छन् ।

प्रतियोगीतमा कुल ७४ समुहले प्रतिस्पर्धा गरेको प्रतियोगीता संयोजक सरोज लामिछानेले बताए । प्रतियोगीताको निर्णायक संयोजक नवराज घोरासैने, निर्णायक मण्डलको अध्यक्ष सिता थापा, अम्बर बिरहि गुरुङ, रेशम थापालगायत थिए । अतिथि निर्णायकमा भिमशेन खतिवडा, मिना मैयाँ थापा, उमा श्रेष्ठ र अमृत खाति थिए । कार्यक्रमको संयोजन नमराज ढुंगानाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा माईतिघर मण्डलाबाट छब्विस जिल्लाले सहभागिता जनाएका थिए । उद्घाटनका क्रममा पूर्व कानुमन्त्री शेर बहादुर तामाङले श्रष्टालाई सम्मान गरेका थिए । राष्ट्रिय काँठे लोकदोहारी महोत्सवले आगामी दिनमा पनि निरन्तरता पाउने र थप कार्यक्रम गर्दै जाने डिएआर मुभिज एण्ड फिल्मस ईण्डष्ट्रिजका राजाराम गौतमले जानकारी दिए ।