राष्ट्रपति समक्ष क्वात्राले पेश गरे ओहोदाको प्रमाण पत्र

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।

उनी नेपालका लागि २५ औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् ।