देवकुमार र मेलिनाको ‘तिमी पहरा’

काठमाडौ । देवकुमार तामाङ र मेलिना राईको ‘तिमी पहरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार टेकबहादुर तामाङको शब्दमा स्वर तामाङ र राईले दिएका हुन । गीतमा संगीत कन्काइस्ट राईको रहेको छ । संगीत संयोजन भने सहास शाक्यले गरेकी हुन् ।

गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाले छायांकन र बिकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रेमी प्रेमिका नै विदेश अध्ययनमा जाने तयारीमा रह“दा प्रेमिकाको भिषा नलागेपछिको कथालाई प्रेमिल भावमा गीतले पस्किएको छ ।

काभ्रेको बनेपा नगरपालिकास्थित बासडोल निवासी गायक तामाङले यसअघि न त आ“खा थाक्छन् कहिल्यै, अब पक्कै, जहा“ जहा“ बिझे पनि, कति कुरा यहा“ र ङान्नामी बासडोल नामसारी ( स्थानीय टिपिकल तामाङ जुहारी) गाइसकेका छन् ।