घाँस काट्न गएकी महिला मृत फेला

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।

शव जिल्ला अस्पतालमा परीक्षण गरिएको छ । उनको मृत्युको कारणबारे खुलेको छैन ।