चुनाराको निधनप्रति साउदको श्रद्धाञ्जली

नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य तथा दलित नेता कल्यान चुनाराको निधन भएको छ । उनको निधनप्रति काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले गहिरो दुःख व्यक्त गरेका छन् ।

चुनाराको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर साउदले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीसँगै काँग्रेस नेता नेता बहादुर सिहं थापाले पनि चुनाराको निधनप्रति शोक व्यक्त गरेका छन् ।